दफा ३७
सवारीको नामसारी
(१) यस ऐन बमोजिम दर्ता भएको सवारीको धनीले आफ्नोे सवारी अरू कसैलाई दान बकस दिई वा बिक्री गरी वा अन्य कुनै किसिमले स्वामित्व हस्तान्तरण गरेमा पन्ध्र दिनभित्र सो सवारीको नामसारीको लागि दर्ताको प्रमाणपत्र र सवारी साधन कर तिरेको निस्सा समेत संलग्न राखी तोकिएको ढाँचामा अधिकार प्राप्त अधिकारी समक्ष दरखास्त दिनु पर्छ ।
(२) सवारी धनीको मृत्यु भई जसको नाममा स्वामित्व हस्तान्तरण हुनुपर्ने हो सो हकवालाले सवारी धनीको मृत्यु भएको मितिले पैंतीस दिनभित्र सवारी धनीको मृत्यु भएको प्रमाण, दर्ताको प्रमाणपत्र र सवारी साधन कर तिरेको निस्सा तथा आफू सबै भन्दा नजीकको हकवाला हो भन्ने कुराको प्रमाण समेत संलग्न राखी सो सवारी आफ्नोे नाममा नामसारी गराउन तोकिएको ढाँचामा अधिकार प्राप्त अधिकारी समक्ष दरखास्त दिनु पर्छ ।
(३) उपदफा (१) वा (२) बमोजिम नामसारीको लागि दरखास्त परेमा अधिकार प्राप्त अधिकारीले आवश्यक जाँचबुझ गरी तोकिएको दस्तुर लिई दर्ताको प्रमाणपत्रमा नामसारीको ब्यहोरा जनाई नामसारी गर्नु पर्छ ।
तर उपदफा (२) बमोजिम नामसारीको लागि एक भन्दा बढी बराबरीका हकवालाको दरखास्त परेमा ती सबै हकवालाको नाममा त्यस्तो सवारी संयुक्तरूपमा दर्ता गरी नामसारी गर्नु पर्छ ।
(४) उपदफा (३) बमोजिम कुनै सवारीको नामसारी भएमा सो बमोजिम स्वामित्व हस्तान्तरण भई नामसारी भएको ब्यहोरा दर्ता किताबमा जनाउनु पर्छ ।
(५) यस दफा बमोजिम कुनै सवारीको नामसारी गर्ने सन्दर्भमा अधिकार प्राप्त अधिकारीले जाँचबुझ गर्दा सो सवारीमा हक बेहक सम्बन्धी कुनै मुद्दा परेको देखिएमा त्यस्तो मुद्दाको अन्तिम किनारा नभएसम्म त्यस्तो सवारी कसैको नाममा नामसारी गर्नु हुँदैन ।